जीतपुरस्थित सिटी मार्केटमा आगलागी

काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरस्थित सिटी मार्केटमा आगलागी भएको छ । आइतबार बिहान आगलागी हुँदा ६ वटा पसल पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

आगलागीमा अन्य पसलमा पनि क्षति पुगेको छ । प्रहरीकाअनुसार स्थानीय व्यवसायी अनिल साहको रेडिमेड कपडा पसलमा विधुत सर्ट हुँदा आगलागी भएको हो । दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासिन्दा र व्यवसायीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

करिब तीन घण्टासम्म लागेको आगोले लाखौँको क्षति भएको प्रारम्भिक अनुमान छ । क्षतिको विवरण र आगलागीबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *