हालसम्मका सबै ऐन संशोधन गर्न गण्डकी सरकारद्वारा संसदमा विधेयक दर्ता

पोखरा । गण्डकी प्रदेश सरकारले हालसम्म बनेका अधिकांश ऐनहरूको संशोधन गर्न लागेको छ । केही ऐनको नाम संशोधन गर्न लागिएको हो भने केहीमा त्यसभित्रका दफा र उपदफा समेत संशोधनको तयारी छ । हालसम्म बनेका ३४ वटा ऐनमा संशोधन गर्न लागिएको हो ।

ऐन संशोधनका लागि सरकारले ‘केही गण्डकी प्रदेश कानुन संशोधन गर्न बनेको विधेयक’ संसद सचिवालयमा दर्ता गरेको छ । ऐन संशोधनका लागि अघिल्लो सरकारकै पालमा संसदमा दर्ता भएको थियो । संसदमा सामान्य छलफलपछि दफावार छलफलका लागि विधायन समितिमा पठाइएकोमा संसद अधिवेशन रोकिएका कारण अघि बढ्न पाएन ।

नयाँ संसद आएका कारण उक्त विधेयक स्वतः निष्क्रिय भएको थियो । अहिले पुनः नयाँ प्रक्रियाबाट संसदमा प्रवेश गराउन लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *