राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशको राजधानी दाङको धोराहीमा बुधबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी विजयी भएका छन् ।

दसौंदीले ४ हजार २६ मतभार पाएका छन् । उनका प्रतिस्पिर्धी नेपाली कांग्रेसका उम्मेदवार माधव आचार्यले ३ हजार७२० र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मतभार पाए ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यरहेका रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

यो निर्वाचनमा प्रदेशसभाका सांसद, नगर र गाउँपालिकाकाका प्रमुख उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षले मतदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *