विप्लवको पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको भएको छ ।

काठमाडौँमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी पार्टीले यस्तो जनाएको हो । पार्टीको केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको उक्त सम्मेलनमा पार्टी पवक्ता खड्गबहादुर विश्वकमर्माले यस्तो बताएका हुन् ।

उनका अनुसार पार्टीले चर्को महँगीका विरुद्ध प्रदर्शन गर्ने भएको हो ।

उनले भने, ‘पार्टीले आगामी दिनमा राष्ट्रिय स्वाधिनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने निर्णय गरेको छ। एमसीसी, एनसीएल, एसपीपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणका बिरुद्ध संघर्ष गर्ने । जनताका मौलिक अधिकारका लागि संघर्ष गर्ने, राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्नुपर्छ। फागुन ५ गते मिटरब्याज, बैंकको चर्को ब्याजदर र लघुवित्तका विरुद्ध र फागुन १५ गते चर्को महंगीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्नेछ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *