अवैध रुपमा खोला उत्खनन गर्ने ९ टिपरलाई प्रहरीले नियन्त्रणमा लियो

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित जलाद खोलाबाट अवैध रूपमा बालुवा गिट्टी उत्खनन गर्ने ९ टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जलाद खोलामा बालुवा गिट्टी उत्खनन गरी जनकपुरतर्फ आउने क्रममा वडा प्रहरी कार्यालय रेल्वे र मुजेलियाबाट खटेको प्रहरी टोलीले ९ टिरलाई नियन्त्रणमा लिएको हो । टिपरलाई नियन्त्रणमा लिएपनि प्रहरीले चालकहरूलाई छाडिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले ना ८ ख ८३६२, ना ८ ख २०४६, ना ७ ख ६३९५, ना १ ख ६८५८, ना ७ ख ९०२७, प्रदेश ००१ ख १८९९, ना ८ ख २२०, प्रदेश २-०३-००१ क १९७६ र एउटा अन टेस्ट टिपर नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिएको ९ वटै टिपरलाई आवश्यक कारबाहीका लागि प्रहरीले जिल्ला समन्वय समितिको कार्यालय धनुषालाई जिम्मा लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *