यती जहाज दुर्घटना : इन्जिनमै समस्या भएको प्रारम्भिक निष्कर्ष

काठमाडौँ । माघ १ गते भएको जहाज दुर्घटनाबारे जाँच बुझ आयोगले ककपिट भ्वाइस रेकर्डर अनुसन्धान गरेको छ ।

पोखरामा भएको यती जहाज दुर्घटनाबारे जाँच बुझ आयोगले रेकर्ड फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्ड अनुसन्धान गरेको हो ।

आयोगका अनुसार इन्जिनमै समस्याको कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

जहाज अवतरण गर्ने क्रममा ‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदर मा गएको र पावर आइडल काम नगर्दा दुर्घटना भएको देखिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

‘दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिन्छ,’ जाँचबुझ आयोगले भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *