बन्यो प्रदेश १ सभाको कार्यव्यवस्था परामर्श समिति

विराटनगर । प्रदेश १ सभाले कार्यव्यवस्था तथा परामर्श समिति गठन गरेको छ । प्रदेश सभाका सभामुखको अध्यक्षता रहने गरी आन्तरिक मामिला तथा कानुन मन्त्री र उपसभामुख पदेन सदस्य रहने गरी कार्यव्यवस्था तथा परामर्श समिति गठन गरेको हो ।

११ जना कार्यव्यवस्था तथा परामर्श समितिको अन्य सदस्यहरूमा अम्बर बहादुर विष्ट, नारायण बहादुर मगर, विद्या चाम्लिङ राई, भीम पराजुली, भूपेन्द्र राई, रेवती भण्डारी, सिर्जना राई र ज्ञानेन्द्र सुबेदी छन् ।

त्यस्तै प्रदेश सभाको प्रदेश सभा नियमावली मस्यौदा समिति गठन भएको छ। समितिको सदस्यहरूमा कमलप्रसाद जबेगु, केदार कार्की, गीता तिम्सिना, गोम्बु शेर्पा, तिलचन्द पाठक, निमसरी राजवंशी, मोहन महर्जन, यशोदा कायस्थ, रामदेव यादव, लिलाबल्लभ अधिकारी र शोभा चेम्जोङलाई चयन गरिएको छ।

गठन भएको समितिको सदस्यहरू मध्येबाट प्रदेश सभा नियमावली मस्यौदा समितिको संयोजक चयन गरी नियमावलीको अन्तिम मस्यौदा ३० दिन भित्र नियमावलीको अन्तिम रूप प्रदेश सभामा पेस गर्नु पर्ने प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेश सभामा जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *