सन्दीप लामिछानेलाई टिममा समावेश गरेको विरोधमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा समावेश गरेको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ ।

नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोग लागेका अभियुक्तलाई मुद्दाको किनारा नलाग्दै क्यानले राष्ट्रिय टिममा समावेश गरि बन्द शिविरमा समेत राखेको भन्दै उनीहरूले क्यानको विरोध गरेका छन् ।

सामाजिक अभियन्ता हिमा विष्ट, चेवन घिमिरे, बिश्वदिप लामिछाने, यसैगरी लेखक तथा पत्रकार आन्बिका गिरी लगायत अभियान्ताहरुले आजको प्रदर्शनमा सन्दीपको मुद्दा किनारा नलागुन्जेल उनलाई टिमबाट हटाउनु पर्ने माग राखेका छन् ।

नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । यो सँगै लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् ।

क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेश बदर गर्नुपर्ने मागसहित महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन समेत मागेको छ ।

लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटी लिएर रिहा गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *