भ्रष्टाचार गरेको आरोपमा प्र.अ.लाई विद्यार्थी र अभिभावकले लगाए कालोमोसो

जनकपुरधाम । धनुषाको एक विद्यालयका प्रधानाध्यापकलाई विद्यार्थी र अभिभावकले कालोमोसो दल्दै विद्यालयमा ताला लगाएका छन् ।

जिल्लाको शहीदनगर नगरपालिका ७ स्थित जनमा मावि धबौलीका प्र अ श्रीप्रसाद यादवलाई बुधबार कालोमोसो दल्दै उनको कार्यकक्षमा ताला लगाएका हुन् ।

विद्यालयमा विभिन्न शीर्षकमा आएको रकम प्रअले भ्रष्टाचारी गरेको आरोप विद्यार्थी र अभिभावकको छ । वडा कार्यालयबाट विद्यार्थीलाई पोशाक वितरण गर्नका लागि आएको रु १ लाख, प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म सञ्चालित प्रयोगशालाको सामान वापत प्रदेश सरकारबाट आएको रु १५ लाख प्रअले भ्रष्टाचार गरेको उनीहरुको आरोप छ ।

विद्यालयमा अन्य शीर्षकमा आएको रु ८० लाख रकम फ्रिज गराएको, विद्यालयको ल्यापटप र कम्प्युटर व्यक्तिगत प्रयोग गरेको सन्दर्भमा पटक–पटक भन्दा पनि अटेर गरेकाले कालोमोसो दलिएको उनीहरुको भनाई छ । 

प्रअले लामो समसयसम्म अभिभावक भेला नबोलाएको, व्यवस्थापन समिति गठन नगरेको, पठनपाठनमा कुनै ध्यान नदिएको र भन्दा पनि अटेर गर्दै आएको स्थानीय अभिभावकले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *