हाम्रो भागको मन्त्रालयमा दाबी हो, रवि नै गृहमन्त्री बन्ने कुरो छैन : डोलप्रसाद अर्याल

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले सभापति रवि लामिछानेलाई तत्काल गृहमन्त्री बनाउन आफ्नो पार्टीले दबाब नदिएको बताएका छन् ।

सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत रहेका उनले पार्टीले रवि लामिछानेलाई गृहमन्त्री बनाउन कुनै पनि दबाब नदिएको बताएका हुन् । उनले पार्टीबाट अरू कोही गृहमन्त्री बन्ने सुनाए ।

बुधबार बिहान मकालुखबरसँग कुरा गर्दै उनले भने, ‘गृह मन्त्रालय हाम्रो भागको हो । सत्ता गठबन्धनमा भाग गर्दा यो मन्त्रालय हाम्रो भागमा परेको थियो र अब हाम्रा अन्य साथीहरूले यो मन्त्रालयको जिम्मेवारी लिनुहुन्छ । हामीले सभापति ज्यूलाई नै यो मन्त्रालय दिनुपर्छ भन्ने कुरा नै गरेका छैन । मिडियामा हल्ला आएछ रवि लामिछाने पुन गृहमन्त्री बन्दै भनेर । खासमा उहाँको अहिले यो इच्छा पनि छैन । तर हाम्रो भागमा परेको मन्त्रालय हामीले छाड्ने कुरा हुँदैन ।’

उनले थपे, ‘हाम्रो पार्टीबाट १९ जना अन्य संसद्मध्ये कोही गृहमन्त्रीमा जानुहुन्छ । पार्टीमा छलफल गर्ने बाँकी छ ।’

उनले रविले पुन प्राप्त गरेको नागरिकतामा विवाद भएको समाचारबारे आफूलाई जानकारी नभएको समेत बताए । उनले रविलाई सभापति बनाउन रास्वपाले हतार गर्‍यो नि ! भन्ने प्रश्नमा भने, ‘पार्टी त चलाउँनु पर्‍यो नि ! उहाँले नागरिकता पाइसक्नु भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *