राष्ट्रिय सहिद तथा बेपत्ता स्मारकको उद्घाटन (तस्बिरहरु)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सहिद दिवसको अवसरमा सोमबार राष्ट्रिय सहिद तथा बेपत्ता पार्क र निजामति स्मारकको उद्घाटन गरेका छन् । गोकर्णेश्वरको जगडोल(यज्ञडोल)मा निर्माण गरिएको उक्त पार्क तथा स्मारकको एक समारोहका बिच उद्घाटन गरेका हुन् ।

सहिद लखन थापादेखि, माओवादी द्वन्द्व, जनआन्दोलन, मधेश आन्दोलनलगाएत सबै आन्दोलनका राष्ट्रिय सहिद तथा बेपत्ताको नाम अभिलेखसहित यो पार्क तथा स्मारक स्थापना गरिएको हो ।

आज अपरान्ह राष्ट्रिय सहिद,  बेपत्ता तथा निजामति स्मारक जगडोल (यज्ञडोल) सामुदायिक वन पर्यापर्यटन प्रवर्द्धन तथा व्यवस्थापन समितिको आयोजनामा प्रधानमन्त्री तथा वन तथा वातावरण मन्त्री दाहालले राष्ट्रिय सहिद स्मारक उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *