बैंकको चर्को ब्याजदरको विरोधमा व्यापारीकाे प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरको विरोधमा सोमबार माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना गरेको छ । काठमाडौँ उपत्यकामा रहेका विभिन्न व्यापारिक संघ/संस्थाको सहभागितामा महासंघले विरोध कार्यक्रम गरेको हो ।

बैंकहरुले कर्जाको ब्याजदर फेरि बढाएर व्यापारीलाई ‘टर्चर’ दिएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । उद्योगी व्यवसायीले अहिले बढेको ब्याजदर अनुसार कर्जाको ब्याजसम्म पनि भुक्तानी गर्न सक्ने अवस्था समेत नरहेकोले प्रदर्शनमा उत्रिन बाध्य भएको बताएका छन् ।

बैंकहरुले निक्षेपको ब्याजदर घटाएको भए पनि कर्जाको ब्याजदर फेरि ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म बढाएको भन्दै व्यवसायीहरू आन्दोलित भएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *