प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय (भिडिओ)

काठमाडौँ । सरकारले संसद भवन अगाडी आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरूको अध्ययन गरेर छानबिन गर्ने भएको छ ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रेमप्रसाद आचार्यको आत्मदाह र उनले उठाएको विषयमा छलफल गर्दै उक्त विषयको अध्ययन गरेर छानबिनमा ल्याउने जिम्मा गृहमन्त्रालयलाई दिइएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

गृहले छानबिन गरेर आवश्यक कदम चाल्ने लामिछानेले बताए । उनले छानविनबाट आएका निष्कर्षमाथि आवश्यक कारबाही सुरु पनि दाबी गरे ।

विभिन्न विषयप्रति असन्तुष्टि जनाउँदै मंगलवार दिउँसो बानेश्वरको संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गरेका थिए । उनको बुधबार उपचारका क्रममा निधन भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *