छोराको विहे गर्दा लागेको ऋण तिर्न नसक्दा आत्महत्या

काठमाडौँ । छोराको विवाह गर्दा लागेको ऋण तिर्न नसक्दा रामदेव मरिकले आत्महत्या गरेका छन् । छोराको विवाह गर्दा लागेको ऋण तिर्न नसक्दा तनावमा रहेका सप्तरी छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय मरिकले आत्महत्या गरेका हुन् ।

सोमबार राति खाना खाएर सुतेका उनलाई घरभन्दा ३ सय मिटर दक्षिण–पश्चिममा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा मंगलबार बिहान स्थानीयले देखेका थिए । परिवारका अनुसार दुईवटा वित्तीय संस्थाबाट एक लाख रुपैयाँ ऋण लिएका रामदेव किस्तासमेत तिर्न नसक्दा तनावमा थिए ।

उनका श्रीमती र दुई छोरा छन् । २० वर्षीय जेठो छोरा राजकुमार मरिकको गत वैशाख १ मा भारतबाट विवाह गरेका थिए । विवाह गर्न रामदेवले गाउँमै ब्याजमा ऋण लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *