अदालतले कैद र जरिवाना तोकेका फरार दुई जना पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएर फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका ८ बस्ने ३६ वर्षीय शिवकुमार महरा र ४५ वर्षीय नागेश्वरी यादव छन् । महरालाई शहीद नगर नगरपालिका वडा नम्बर २ चोराकोयलपुरबाट र यादवलाई कमला नगरपालिका ८ टेढामोडबाट पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

दुबैलाई धनुषा जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक मुद्दामा रु ५० हजार जरिवाना र ९ वर्ष कैदको सजाय सुनाएको थियो । महेन्द्र गोहिबारको जाहेरीले वादी नेपाल सरकार रहेको मुद्दामा अदालतले फैसला सुनाएपछि दुवै फरार रहँदै आएका थिए । पक्राउ परेका दुवैलाई धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *