वागमती प्रदेश सरकारले आज पूर्णता पाउने

काठमाडौं । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार आज हुने भएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज नयाँ मन्त्री नियुक्त गर्ने भएका छन् ।

११ मन्त्रालय कायम गरेर आज मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको हो । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेको थियो  ।

मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा यही पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *