बाँचेनन् संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्य

काठमाडौँ । आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्य ‘सन्तोष’को निधन भएको छ । मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको उपचारका क्रममा निधन भएको हो ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यको निधन भएको डा. किरण नकर्मीले पुष्टि गरे । पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।

सम्बन्धित समाचार
संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास, जलेका व्यक्तिलाई अस्पताल लगियो
यस्तो छ आत्मदाहअघि आचार्यको फेसबुक स्टाटस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *