संघीय संसद भवनअगाडि आत्मदाहको प्रयास, जलेका व्यक्तिलाई अस्पताल लगियो

काठमाडौँ । संघीय संसद भवनअगाडि आत्मदाहको प्रयास भएको छ । संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैँलाई आगो लगाएर आत्महत्याको प्रयास गरेको बताइएको छ ।

बानेश्वरबाट तीनकुने जाने बाटाे  बीचमा उनले पेट्रोल खन्याएर आफैँलाई आगो लगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल उद्धार गरेर अस्पताल लगेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनी इलामको पञ्चकन्या ६ निवासी प्रेमप्रसाद आचार्य हुन् ।

मैनालीका अनुसार उनी गम्भिर घाइते भएका छन् ।

घटनाको सम्पूर्ण विवरण आउन बाकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *