प्रियंकाले खुलाइन् सरोगेसीमार्फत आमा बन्नुको कारण

काठमाडाैँ । अभिनेत्री प्रियंका चोपडाले स्वास्थ्य अवस्थाका कारण सरोगेसीबाट बच्चा जन्माएको बताएकी छन् । ‘मलाई स्वास्थ्यसम्बन्धी जटिलता थियो,’ ब्रिटिस भोग म्यागेजिनको फेब्रुवरी २०२३ अंकमा प्रियंकाले भनेका छन् ।

४० वर्षीय प्रियंका र उनका पति निक जोनास, ३०ले जनवरी २०२२मा सरोगेसीका माध्यमबाट पहिलो सन्तान जन्माएका थिए । छोरीको नाम उनीहरूले मालती म्यारी राखे ।

सो म्यागेजिनसँगको अन्तर्वार्तामा प्रियंकाले आमा बन्ने आफ्नो प्रयास र त्यसका चुनौतीबारे बताइन् । ‘सरोगेसी आवश्यक कदम थियो । म कृतज्ञ छु किनकि म सरोगेसी गर्न सक्ने ठाउँमा थिए । हाम्री सरोगेट निकै दयालु, मायालु र रमाइली थिइन् । जसले यी अमूल्य निधिको ख्याल राखिन्,’ उनले भनिन् ।

‘तपाईंलाई मबारे थाहा छैन,’ आलोचकहरूलाई उनले भनिन्, ‘म कस्तो अवस्थाबाट गुज्रिएँ भन्ने तपाईंलाई थाहा छैन । मैले आफ्नो र आफ्नो छोरीको स्वास्थ्य अवस्था सार्वजनिक गर्न नचाहँदैमा तपाईंहरूलाई नानाथरी कुरा गर्ने अधिकार हुँदैन ।’

आफू परिवारलाई लिएर रक्षात्मक रहेको उgको भनाइ थियो । समय नभई जन्मेकाले उgकी छोरीलाई सय दिनसम्म एनआईसीयूमा राखिएको थियो । ‘हामीले हरेक दिन उसलाई मेरो वा मेरो पतिको छातीमा राखेर बितायौँ,’ ती दिन सम्झिँदै प्रियंकाले भनिन्, ‘ऊ बाँच्छे या बाँच्दिनँ मलाई थाहा थिएन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *