शैलीमा ‘माउजङ बाबुसाहेबको कोट’ (तस्बिरहरू)

काठमाडौँ । रातोपुलमा रहेको शैली थिएटरमा आजबाट नाटक ‘माउजङ बाबुसाहेबको कोट’ मञ्चन हुँदैछ । चर्चित कथाकार भवानी भिक्षुले लेखेका कथा ‘माउजङ बाबुसाहेबको कोट’लाई सबिन न्यौपानेले नाट्य रूपान्तरण गरेका हुन् ।

२००७ सालको प्रजातन्त्र स्थापनापछि एक बिर्तावाला घरानियाँ राणा बाबुसाहेबको मनोविज्ञानलाई कथामा समेटिएको छ । नाटकका मुख्यपात्र बाबुसाहेबलाई राणाशासन कालमा एकजना राणा विशिष्ट व्यक्तिले बक्सिस् दिएको ओभरकोटसँग भएको बाबुसाहेबको खानदानी मनोविज्ञानलाई भिक्षुले कथामा उतारेका छन् ।

सरोज अर्याल, रिता थापा, सबिन लुइँटेल, प्रनेश गौतम, सानू पाण्डेय लगायतका कलाकारहरूको अभिनय रहेको नाटकलाई विवेक न्यौपाने (घने)ले निर्देशन गरेका छन् ।

माघ ८ गते ‘प्रेस शो’ गरिएको नाटक आजबाट हरेक दिन बिहीबार बाहेक माघ २५ गतेसम्म साँझ ५ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजेपनि अतिरिक्त शो मञ्चन हुने थिएटरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *