सिड्नीमा पाँच हजार डलर पुरस्कार राशी भएको ‘एक्सर्पट कप फुटबल’ आयोजना हुने

यहि जनवरी २२ तारिक देखि सिड्नीको अर्वनस्थीत वेब्स एभिन्यूमा एक्सपर्ट कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। तामाङ रिक्रेयसनल क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो।

लिग कम नक आउटका आधारमा खेलाइने प्रतियोगितामा सिड्नीका स्थानीय विभिन्न १६ टोली सहभागी हुने क्लबका सचिव बैकुन्ठ डंगोलले जानकारी दिए। प्रतियोगितामा पहिलो र दोस्रो हुने टिमलाई ट्रफी तथा क्रमस तीन हजार र १५ सय डलर नगदका साथै पदक प्रदान गरिने छ।

यस्तै प्रतियोगितामा उत्कृट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई व्यक्तिगत पुरस्कारबाट सम्मानित गरिनेछ। प्रतियोगिताको समूह ए मा ४ टिम पारा पार्क, सेन्ट जोर्ज फ्रेन्ड्स, गोर्खा वारियर्स र क्याम्सी छन्। यस्तै समूह बी मा अर्को ४ टिम टीआरसीसी रेड, नेपाल युनाइटेड, एफसी डाँफे र ग्रानभिल राइनो रहेको आयोजकले बताएको छ।

यस्तै समूह सीमा माछापुच्छ्रे एफसी, सिड्नी नेप्लीज, वेष्ट युनाइटेड र हंसबी एफसी छन्। समूह डीमा टीआरसीसी निलो, द ब्रिगेड क्लब, सेन्ट जोर्ज नेप्लीज, द राइजीङ गोर्खाबीच भिडन्त हुनेछ। खेलुकद अनुशासन र आपसी भाइचारा कायमको लागि महत्वपूर्ण माध्यम भएकोले यस्ता प्रतियोगितामा एक्सपर्टको सहयोग र सद्‌भाव रहिरहने जनरल मेनेजर मन्जित घिमिरेले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *