मेसी र रोनाल्डोबीचको खेल उद्घाटन गरेका अमिताभ बच्चन भने- ‘पिएसजीविरूद्धको रियाद सिजन अद्‍भुत’

काठमाडौँ । बलिउड महानायक अमिताब बच्चनले पिएसजीविरूद्धको रियाद सिजन अद्‍भुत रहेको प्रतिक्रिया दिएका छन् । विश्व च्याम्पियन लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोबीच गएराति भएको मैत्रीपूर्ण खेलको उद्‍घाटन गरेको महानायक बच्चनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

बिहीबार राति रंगशालमा पुगेर बच्चनले लियोनल मेसी, क्रिष्टियानो रोनाल्डो, नेयमार र केलियन एम्बाप्पेसँग हात मिलाएका थिए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रियादको यो साँझ कस्तो रमाइलो । क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी एम्बाप्पे र नेयमार खेलिरहेका छन् र त्यो खेल उद्घाटनका लागि अतिथिका रूपमा मलाई आमन्त्रण गरिएको छ । पिएसजी विरूद्ध रियाद सिजन अद्भुत ।’

बिहीबार राति साउदी अरेबियाको राजधानी रियादमा भएको रियाद सिजन टोली र पेरिस सेन्ट जर्मेन (पिएसजी)बीच भएको निकै रोमाञ्चक मैत्रीपूर्ण खेलमा फ्रान्सेली टोली पिएसजीले ५-४ को जित निकालेको छ । पिएसजीका लागि लिओनेल मेस्सी, किलीयन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले १-१ गोल गरे । रियादका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा एन्डरसन तालिस्का र जाङ ह्युन सुले गोल फर्काएपनि नतिजा बदल्न सकेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *