पल शाहविरुद्धको मुद्दामा बहस सकियो फैसला आउन केही समय लाग्ने

काठमाडौँ । पल शाहको मुद्दामा जिल्ला अदालत तनहुँमा बहस सकिएको छ।

जबरजस्ती करणीको मुद्दामा फैसलाका लागि मंगलबार जिल्ला न्यायाधीश कोमल प्रसाद आचार्यको इजलासमा पेशी तोकिएको छ।

दुवै पक्षबाट बहस सकिएको र फैसला आउन केही समय लाग्ने जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर कुंवरले जानकारी दिए। यसअघि नवलपुर अदालतले पललाई साढे २ वर्ष कैदको सजाय तोकेको छ।

तनहुँको फैसलापछि पल कति समय जेलमा बस्नु पर्ने भन्ने टुंगो लाग्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *