मधेश प्रदेशको सभामुखमा एमालेका रामचन्द्र मण्डल निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशको सभामुखमा रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।

प्रदेशसभा बैठकमा आज भएको निर्वाचनबाट नेकपा एमालेका साँसद मण्डल निर्वाचित भएका हुन् । उनले १०३ मत पाएका छन् । उनी सभामुखमा निर्वाचित भएको प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य गोबिन्द न्यौपानेले घोषणा गरे ।

प्रदेशसभामा आज १०३ साँसदको उपस्थिति रहेको थियो । जसमध्ये २९ साँसदले नेपाली काँग्रेसको तर्फबाट सभामुखका उम्मेदवार बनेका जंगीलाल रायलाई मतदान गरेका छन् ।

काँग्रेसको २२ र नेकपा एसको ७ साँसदले रायको पक्षमा मतदान गरेको बुझिएको छ । नेकपा एसले रायको पक्षमा उभिने निर्णय पनि गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *