कहिले निस्केला र म अध्यक्ष बनौं भन्नेहरू धेरै छन्

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफू चलचित्र विकास बोर्डको अध्यक्ष भएर आएको पाँच-छ महिना मात्रै भएको भन्दै आफूलाई विभिन्न मुद्दा हालेर काम गर्नै नदिइएको गुनासो गरेका छन् । काठमाडौँमा भएको चलचित्र निर्माताहरूको वृहत् भेला तथा छलफल अन्तरक्रियामा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।

अध्यक्ष केसीले आफू कुन बेला निस्किन्छ र म चलचित्र विकास बोर्डको अध्यक्ष बनौँ भन्ने लोभ गर्ने मान्छेहरूले काम गर्न नदिएको आरोप लगाएका छन् । उनले आफ्नो कार्यकालमा चलचित्र विकासका लागि राम्रा काम गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘म त आएको भर्खर पाँच-छ महिना भयो, आएदेखि राम्रा काम गर्छु भनेर लाग्यो के–के भइदिन्छ बीचमा । मुद्दा हाल्नु भएको छ, अदालतमा पनि जानै पर्छ । कोही साथीहरूलाई कुन बेला यो यहाँबाट जान्छ र म आऔँ भन्ने भएको छ । मेरो उमेरमा अरू त रिटार्यमेन्टमा हुन्छन्, म त भर्खर केही गरौँ भनेर आइरहेको छु । विकास बोर्डमा रहेसम्म कलाकारिता क्षेत्रको हक र हितका लागि केही गरेर नै बस्नेछौं ।’

अध्यक्ष केसीले चलचित्र छायाङ्कनका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढिरहेको भन्दै त्यस्ता क्रियाकलाप गर्नेलाई जरिबाना र चलचित्रमा हुने क्षति तिराउने गरी कानुन बनाउन लागिएको जानकारी दिएका छन् । उनले पछिल्लो समय नेपाली चलचित्र बनाउन धेरै नै गाह्रो भइरहेको उनले बताए । चलचित्र बनाउनका लागि स्टुडियो, प्रहरीको भ्यान लगायतका स्वीकृति लिन नै झन्झट बेहोर्नुपरेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *