माधवकुमार नेपाल र जापानी प्रतिनिधिमण्डलबिच भेट

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानी संसदको प्रतिनिधिमण्डलबिच भेटवार्ता भएको छ ।

जापानी सांसदका सदस्य मासाकी जैरासँग आलोकनगर, मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटघाट भएको हो ।

भेटमा नेपाल र जापान बिचको सम्बन्ध, आर्थिक, जलविद्युत परियोजना, पर्यटन, नारायणहिटी दरबार सङ्ग्रहालय लगायतका विषयमा जापान सरकारको सहयोगका विषयमा छलफल भएको छ ।

जापानमा क्रियाशील राजनीतिक दल र नेपालका विभिन्न राजनीतिक दलहरूको बिचका अन्तर सम्बन्धका बारेमा छलफल भयो । भेटघाटका क्रममा आर्थिक लगानीका विषयमा जापानका प्राथमिकता सम्बन्धी सुझावको आदान प्रदान गरियो । जापानमा नेपाली श्रमिकको भूमिका, श्रमका क्षेत्रमा नेपालको योगदानका विषयमा जापानको तर्फबाट सकारात्मक धारणा व्यक्त भएको छ ।

नेपालले नेपालको विकासका लागि जलविद्युत परियोजना, पर्यटन, नारायणहिटी दरबार सङ्ग्रहालयको विकास, प्रवर्द्धन तथा संरक्षणका निम्ति जापानको भूमिका सह्रानीय रहेको चर्चा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *