छविलाल विश्वकर्मा : बन्लान् त सभामुख ?

काठमाडौँ । प्रतिनिधिसभा सभामुखको निर्वाचन ५ माघमा हुने भएको छ । सत्तारुढ दलका नेताहरु यसको तयारीमा जुटेका छन् । ७ दलीय भागबण्डामा सभामुख एमालेको भागमा परेको छ । यसका लागि एमालेले तयारी थालिसकेको छ ।

यद्यपी, मंगलबारको संसदमा प्रधानन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वसाको मत दिएपछि धेरैले कांग्रेसले राष्ट्रपति पदका पाउने सर्तमा विश्वसाको मत दिएको एमालेका नेताहरुको अनुमान छ । कांग्रेसले आफूलाई विश्वासको मत दिएको बदला उसलाई राष्ट्रपति पद दिने कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिएको बदला राष्ट्रपतिमा दाबी नै गरेको र यो कुरा प्रधानमन्त्रीलाई जानकारी गराएर नै दिने सर्तमा विश्वासको मत दिएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका एक सदस्यले पुष्टि गरिसकेका छन् । राष्ट्रपतिका रुपमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि बढाउने तयारी समेत यो सरकार गठन हुनुअघिदेखि नै हुँदै आएको थियो ।

अब सभामुख पद एमालेले नै पाउने हो भने चाहिँ एमालेबाट ३ जना नेताको नाम सम्भावित सभामुखको सूचीमा छ । सभामुखको लाइनमा एमालेका  उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र विद्या भट्टराईको चर्चा छ ।

यद्यपी, यी नाम मध्येबाट पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिव छविलाल विश्वकर्मालाई सभामुख बनाउने सम्भावना प्रवल रहेको एमालेकै एक शीर्ष नेताको दाबी छ । उनले भनेका छन्, ‘छबिलालजी सभामुखमा दाबी गर्नु भएको छ र एमाले अध्यक्ष ओली पनि उहाँको पक्षमा लचिलो देखिनु भएको मैले बुझेको छु ।’

त्यसो त पहिलो संविधान सभाको निर्वाचनपछि सभाध्यक्ष र सभामुख भएर लामो अनुभव हासिल गरेका सुवासचन्द्र नेम्बाङको नाम पनि राष्ट्रपति र सभामुखमा पनि नआएको होइन् । राष्ट्रपति बन्न त आफू तयार नै रहेको उनले सार्वजनिक वक्तत्वहरुमा पनि बताउँदै आएका छन् । तर, सरकारले कांग्रेसको विश्वसको मत पाएसँगै राष्ट्रपति एमालेको हातबाट फुत्किने प्रवल सम्भावना देखिएको छ । अर्कोतर्फ नेम्वाङले यसपटक सभामुख बन्ने इच्छा देखाएका छैनन् ।

नेम्बाङलाई मकालुखबरले तपाईंको नाम घरि राष्ट्रपतिमा आउँछ घरी सभामुखमा आउँछ खास के हो भनेर सोधेको प्रश्नमा उनले भने, ‘मेरो नाम सभामुखमा कसरी आयो यो मेरा विरोधीहरुले गरेको निराधार हल्ला हो । म सभामुख दोहोर्याउने पक्षमा छैन । म सभामुख हुँदिन भनेर पटक पटक पार्टी अध्यक्षलाई भन्दै आएको पनि छु । म जाने भनेको कि त प्रधानमन्त्रीमा हो कि राष्ट्रपतिमा त्यहाँभन्दा तल मेरो जाने सम्भावना र मन पनि छैन । अहिले एमालेकै समर्थनमा प्रचण्डजी प्रधानमन्त्री बन्नु भएकाले मैले त्यो दाबी गर्न मिलेन म राष्ट्रपतिमा पार्टीले जिम्मेवारी दिए जान सक्छु।’

कांग्रेसले राष्ट्रपति पाउन प्रचण्डलाई विश्वासको मत दिएको भन्छन् नि तपाईंलाई जानकारी छ भन्ने प्रश्नमा उनले हाँस्दै भने, ‘खै मैले त यो कुरा सुनेकै छैन । यो कांग्रेसका साथीहरुले गरेको एकोहोरो हल्ला मात्र हो यसको कुनै तुक छैन ।’

यस्तै, एमालेले कसलाई सभामुख बनाउला भन्ने प्रश्नमा उनले भने, ‘हाल आएका नाम मध्ये एकजना बन्नुहुने छ । हामीले यो पटक समान सहभागिता जोड दिएका छौँ । त्यो कारण एमालेले सबैको पालो र प्रतिनिधित्व हुने गरी सभामुखमा छान्ने छ । हामी छलफल गरिरहेका छौँ । यो पटक एमालेले सबै क्षेत्रको प्रतिनिधत्व गराउने छ ।’

त्यसो भए एमालेले सचिव छविलाल विश्वकर्मालाई सभामुख बनाउने हो भन्ने प्रश्नमा नेम्वाङले भने, ‘उहाँको नाम चर्चामा आएको छ । उहाँहरुको क्लस्टरबाट समामुख बन्न उहाँ योग्य नेता पनि हो । त्यस कारण उहाँको सम्भावना छ । उहाँलाई एमालेले सभामुख बनाउनु र देशले उहाँजस्तो सभामुख पाउनु एउटा ठुलो उपलब्धि पनि हो । तर उहाँसँगै अन्य नामहरु पनि आएका छन् । यसकारण कसलाई पठाउने पार्टीले उचित निर्णय गर्छ ।’

यस्तै, एमालेका अर्का पधाधिकारीले पनि छविलाल विश्वकर्मा समामुख बन्ने सम्भावना रहेको सुनाए ।

उनले भने, ‘ अध्यक्षजीले पनि समान सहभागिताको कुरा उठाउनु भएको छ । त्यो कारण उहाँको सम्भावना छ । छविलालजीको योगदान र त्यागको पनि सम्मान गर्ने हाम्रो पार्टीले उहाँलाई सभामुख दिन्छ । र दिनु पर्छ । तर हाल सचिवालयमा कुरा उठेकै छैन् । निर्णय भएको छैन ।’

एमालेकै अर्की नेत्रीले पनि विश्कर्मा सभामुख हुने कुराले एमाले र सिङ्गो देश नै खुसी हुने तर्क गरिन् । उनले भनिन्, ‘एमाले पधाधिकारीमा पनि यो कुरा चलेको छ । तर सचिवालय मिटिङमा यसबारे कुनै कुरा भएको छैन । यहाँको चर्चा मैले पनि सुनेको छु । उहाँसँगै पृथ्वी सुब्वा गुरुङ र विद्या भट्टराईको पनि चर्चा छ । अलिक बढी उहाँको सम्भावना हो भन्ने मैले सुनेको छु । यसो भयो भने राम्रो पनि हुन्छ र इतिहासमै दलित समुदायबाट प्रतिनिधित्व पनि हुन्छ । उहाँ क्षमतावान मान्छे पनि हो ।’

के भन्छन् विश्वकर्मा ?

विश्वकर्माले यो विषयमा पार्टीमा कुनै छलफल नभएको बताए । उनले यो विषयमा आफूलाई कुनै जानकारी नआएको र पार्टीको निर्णय जे हुन्छ त्यसमा नै आफू सहमती जनाउँने बताए । उनले भने, ‘यी सब बाहिर आएका हल्लाहरु हुन् ।’

उनले तपाईंको दाबी हो कि होइन भन्ने प्रश्नमा भने, ‘मैले दाबी गरेको छैन् । मेरो योगदान क्षमता तथा इमान्दारीता हेरेर पार्टीले जे निर्णय गर्छ म मान्छु र मान्नु पर्छ ।’

उनले रुपन्देही १ बाट घनश्याम भुसाललाई पराजित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *