राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (तस्बिरहरु)

काठमाडौँ । आज देसभर बिभिन्न कार्यक्रमको आयोजना गरि ३०१ औ पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइदैछ। नेपालमा पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउने प्रचलन वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि योगी नरहरिनाथले पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेपछि मनाउन थालिएको हो।

नेपालमा संवैधानिक राजतन्त्र रहँदासम्म राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै उनको जन्म जयन्तीमा पुस २७ गते सार्वजनिक समेत सार्वजनिक बिदा दिने गरिएको थियो। २०५८ साल माग १९ गतेपछि ज्ञानेन्द्रले सासन सत्ता आफ्नो हातमा लिएर प्रत्यक्ष शासन सञ्चालन गर्न थालेदेखि आम जनता राजसंस्थाको विरुद्धमा देखिन थाले ।

अघिदेखि नै गणतन्त्रको माग गर्दै आएको नेकपा माओवादीले राजासंस्थालाई निरंकुश तानाशाही व्यवस्थाको रुपमा परिभाषित गर्न थाल्यो । तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमदल दाहाल प्रचण्डको नेतृत्वमा भएको सशस्त्र युद्धको बलमा २०६२/६३ मा राजसंस्था अन्त्य र गणतन्त्रका लागि आन्दोलन भयो ।

०६२-६३ को आन्दोलनपछि देस गणतन्त्र भयो,  राजाहरुको शालिकहरु समेत ठाउँठाउँमा तोडफोड गरियो । पृथ्वीनारायण शाहको जन्मजन्यन्तीमा पुस २७ गते बिदा दिन छोडियो र उक्त जयन्ती  पनि मनाउन छाडियो ।

तर अहिले संयोग नै मान्नुपर्छ, गणतन्त्रका उनै उठानकर्ता पुष्पकमल दाहाल तेस्रो पटक प्रधानमन्त्री भएपछि भने यो वर्षदेखि राष्ट्रिय एकता दिवस मनाउन थालिएको छ ।

आज राष्ट्रिय एकता दिवस मनाउने क्रममा सिंहदरबार पश्चिम गेटअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले माल्यार्पण गरेकी छन्। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेता पशुपतिशमशेर जबरा लगायत सैनिक पूर्व जनरलहरु, पञ्चायतकालीन पूर्वमन्त्रीहरु पनि सहभागी थिए ।कार्यक्रममा सर्वसाधारणको समेत बाक्लो  उपस्थिती रहेको थियो ।

कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाली सेनाले सलामीसमेत दिएको छ ।

तस्बिरहरु:-

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 9 =