कर्णालीका मुख्यमन्त्री शाहीको १४ महिने उपलब्धि : १७ किलोमिटर सडक कालोपत्रे

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार आफ्नो ४३५ दिने कार्यकालमा भएका उपलब्धि सार्वजनिक गरेका छन् । उपलब्धि सार्वजनिक गर्दै उनले एक वर्षको अवधिमा १७ किलोमिटर सडक कालोपत्रे गरेको बताएका हुन् ।

उनका अनुसार ११३ किलोमिटर सडक ग्राभिल र ६२२ किलोमिटर कच्ची सडक निर्माण भएको छ। यो अवधिमा १३ वटा झोलुङ्ग पुल, ८ वटा सडक पुल निर्माण सम्पन्न भएका छन् । १ हजार ५७१ वटा जनता आवास र १०१ वटा विपन्नका घर निर्माण सम्पन्न भएका छन् ।

७ वटा सडक आयोजनालाई बहुवर्षीय ठेक्का सम्झौता गरी निर्माण गर्न अगाडि बढाइएको उनले बताए । प्रदेश मन्त्रालय तथा निकायहरूलाई एउटै परिसरभित्र रहने गरी एकीकृत प्रशासनिक भवन निर्माणको विस्तृत सम्भाव्यता अध्ययनको कार्य सम्पन्न भएको छ । भवन निर्माणलाई बहुवर्षीय आयोजनाको रूपमा प्रक्रिया अघि बढाइएको उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *