सरकारविरुद्ध खुलेआम चलखेल शुरु भएको छ : केपी ओली

२०७९ पुस २३ गते

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रतिरोध गरेर बनाइएको सरकारविरुद्ध खुलेआम चलखेल शुरु भएको बताएका छन् । उनले असाधारण शत्तिले सरकारविरुद्ध खुलेआम चलखेल गरेकाे दाबी गरे ।
उनले नेपालमा नेपालीले सरकार बनाउन नपाउने बाह्य हस्तक्षेपविरुद्ध एमालेले आवाज उठाएको समेत बताए ।
पार्टीका नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विदेशी हस्तक्षेपविरुद्ध राष्ट्रिय प्रतिरोध गरेर बनाइएको सरकारविरुद्ध खुलेआम चलखेल समेत शुरु भएको बताए ।

२०७९ पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित