यातायात र वैदेशिक रोजगार कार्यालयबाट ३८ बिचौलिया पक्राउ

काठमाडौँ । यातायात व्यवस्था कार्यालय गुर्जुधारा र श्रम कार्यालय ताहाचलबाट ३८ जना बिचौलिया पक्राउ परेका छन् । प्रहरीले बुधबार र बिहीबार गरी गुर्जुधाराबाट २५ र श्रम कार्यालय ताहचलबाट १३ जनालाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुले सेवाग्राहीहरुलाई बिना इजाजत सेवा लिने र दिने कार्यमा बाधा पुर्याई लाग्ने दस्तुर भन्दा बढी दस्तुर लिने र छिटो छरितो काम गरिदिने भनी आश्वासन दिएर ठगेको पाइएपछि पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रौतहट विजयापुर नगरपालिका ११ का २१ वर्षीय आनन्द चौधरी, चन्द्रागिरी नगरपालिका ८ का २० वर्षीय निशान रिजाल, सुनसरी ईटहरी ९ का २६ वर्षीय किशोर थापा, चन्द्रागिरी नगरपालिका ८ का ३० वर्षीय नबिन श्रेष्ठ, झापा बिर्तामोड ६ का २८ वर्षीय अभिषेक चौधरी, मकवानपुरका २४ वर्षीय सुमेश नेपाली र चन्द्रागिरी नगरपालिका ८ का २५ वर्षीय रुबिन तामाङ रहेका छन् ।

यस्तै कास्कीको पोखरा उपमहानगरपालिका ३ का २८ वर्षीय श्रृजन थापा, चितवन खैरैनी नगरपालिका १ का ३१ वर्षीय प्रदिप सुनार, सर्लाही नगरपालिका १ का २३ वर्षीय अनिश हमाल, सिन्धुपाल्चोक पाखर गाउँपालिका १ का २२ वर्षीय बिबस तामाङ, झापा बिर्तामोड ६ का २५ वर्षीय आशिष खड्का, नुवाकोट बिदुर १ का २१ वर्षीय आकाश बोगटी, काठमाडौंको गोकर्णेश्वर ८ का २४ वर्षीय पासाङ शेर्पा पनि पक्राउ परेका छन् ।

कन्चनपुर कृष्णपुरका १ का २३ वर्षीय आकाश क्षेत्री, अछाम साफेबगर ५ का २४ वर्षीय एकेन्द्र बहादुर बुढा, डडेलधुरा गनेपधुरा ३ का २३ का मनोज देउवा, बारा जितपुर सिमरा उपमहानगरपालिका ४ का २६ वर्षीय नबिन आले मगर, गोर्खा बिन्दीन १ का २८ वर्षीय बिकाश गुरुङ, नुवाकोट दुप्चेश्वर ७ का २८ वर्षीय टसी नङगेल तामाङ पक्राउ परेका छन् ।

दोलखा पौवटी ९ का २० वर्षीय प्रदिप भन्ने प्रताप सिंह थापा, मोरङ सुनसरी नगरपालिका २ का २२ वर्षीय अनिष कार्की, रुकुम पुर्व फुब्याउत्तर गंगाका २० वर्षीय बिनय बुढा मगर, सिन्धुली कमलामाई १२ का १९ वर्षीय प्रेवेश बुढाथोकी र काठमाडौंको गोकर्णेश्वर ८ का २० वर्षीय दोर्जे तामाङ पक्राउ परेका छन् ।

वैदेशिक रोजगार कार्यालयबाट १३ बिचौलिया पक्राउ
यस्तै काठमाडौंको ताहाचलस्थित बैदेशिक रोजगार कार्यालयबाट पनि ठूलो संख्यामा बिचौलिया पक्राउ परेका छन् ।

सेवाग्राहीसँग बढी शुल्क लिएर काम गराइदिने भनि अनावश्यक झनझटमा पारेको तथा ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

बिचौलियाले जवरजस्ती सेवाग्राहीहरुलाई तानी सरकारी काम कारवाहीमा बाधा अवरोध गरी अनावश्यक दुःख हैरानी दिई अभद्र व्यवहार गरी अनुचित लाभसमेत लिएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा भारत दार्जिलिङ घर भई बाफल बस्ने २७ वर्षीय ऋषी मोक्तान, संखुवासभा रातामाटेका २६ वर्षीय सन्तोष अधिकारी, ताहाचलका ३२ वर्षीय सनम मानन्धर, कुलेश्वरका २७ वर्षीय बिशाल रिसाल, झापा कनकाई नगरपालिका ४ का ३१ वर्षीय कमल प्रसाद पराजुली, काठमाण्डौ महानगरपालिका १४ का २८ वर्षीय पुरुषोत्तम थापा र धादिङ धुनेबेशी २ का ३० वर्षीय सागर कुँवर रहेका छन् ।

यस्तै उदरपुर ताप्ले गाउँपालिका ५ का ३२ वर्षीय प्रबिन कुमार मगर, सिराह करजना १३ का २६ वर्षीय सागर आले, उदयपुर त्रियुगा नगरपालिका ७ का २५ वर्षीय दिपेश राई, रामेछाप मन्थली नगरपालिका ६ का ३० वर्षीय कटक बहादुर माझी, सल्यान शारदा नगरपालिका १५ का ३७ वर्षीय शशी प्रकाश हमाल र गुल्मी छत्रकोट ६ का २४ वर्षीय नरेश सोमारे मगर पनि पक्राउ परेका छन् ।

उनीहरुविरुद्ध फौजदारी अपराध संहिता ऐन, २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुनेू कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाण्डौबाट म्याद थप गरी अनुसन्धानन गरिरहेको एसपी मैनालीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *