भाइरल बाघको आकृतीका कारण सहिद पार्कमा बढे पर्यटक : एक हप्तामा ५ हजारले गरे अवलोकन

सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा रहेको ‘सहिद पार्क’को गएको एक हप्तामा करिब ५ हजारले भ्रमण गरेका छन् । पछिल्लो समय सहिद पार्कमा भ्रमण गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको हो । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ मा रहेको सहिद पार्क सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

वीरेन्द्रनगर बजारको नजिकै भएको रमणीय स्थान र सामाजिक सञ्जालमा भाइरल भएको बाघको तस्बिरले गर्दा पछिल्लो एक हप्तामा सहिद पार्क भ्रमण गर्नेको सङ्ख्या बढेको हो । सहिद पार्कमा पुस १५ गते शुक्रबारका दिन मात्र २ हजार पर्यटक सहिद पार्क पुगेका थिए। यस्तै, १६ गते शनिबार १ हजार ५ सयले अवलोकन गरे ।

पुस १५ र शनिबार भएको कारण उक्त दिन पार्क क्षेत्र भरिभराउ भएको पार्कमा टिकट काट्दै आएका गुरु प्रसाद चालिसेले जानकारी दिए । उनका अनुसार आइतबार करिब २ सय ५०, सोमबार करिब ३ सय, मंगलबार करिब ३ सय र बुधबार करिब २ सय ५० जनाले पार्कमा टिकट काटेर अवलोकन गरेको बताए ।

यसरी हेर्दा पछिल्लो छ दिनमा करिब ४ हजार ६ सय जनाले सहिद पार्कको भ्रमण गरेका छन् । किन बढे सहिद पार्कमा पर्यटक रु यो पार्कमा धेरै जसो आन्तरिक पर्यटकहरूको भिड लाग्ने गरेको पाइन्छ । वीरेन्द्रनगर बजारको नजिकै जङ्गको छेउमा एकान्त र रमणीय ठाउँ भएकोले बनेको यो पार्क बनेको छोटो समयमा नै धेरैको रोजाईमा पर्ने गरेको छ ।

यसो त वीरेन्द्रनगरको उत्तरतर्फ पर्ने सहिद पार्क टिकटकका कारण चर्चामा आएको हो । कोरोना कालमै एकाएक चर्चामा आएको उक्त स्थान आन्तरिक पर्यटकहरहेको प्रमुख रोजाइ बन्न सफल भयो । यो पार्कको अवलोकन नगरेकाहरू विरलै होलान्, सहिद पार्कको क्याप्सन लेख्दै टिकटक बनाउनेहरूको जमात बढेपछि अहिले यो पार्क आन्तरिक पर्यटकहरूको गन्तव्य स्थल बन्न पुगेको हो । पछिल्लो समयमा भने सामाजिक सञ्जालमा भाइरल भएको बाघको आकृतिका कारण सहिद पार्कको चर्चा बढेको छ ।

बाघको स्वरूप र लगानीको विषयलाई लिएर आइतबारदेखि सामाजिक सञ्जालमा आलोचना सुरु भएपछि पनि यहाँ अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढेको हो । यस्तो छ, भाइरल बाघको वास्तविकता, सामाजिक सञ्जालमा गलत तथ्यलाई भाइरल बनाइएको सहिद पार्क रहेको भैरव सामुदायिक वनका अध्यक्ष एवं वीरेन्द्रनगर नगरपालिका–४ का वडा सदस्य अम्मरबहादुर कार्कीले टिप्पणी गरे । उनका अनुसार भाइरल दुई वटा बाघमध्ये सानो बाघ वीरेन्द्रनगरको फलाँटे भन्ने ठाउँमा एक जना कालिगडले ४० हजारमा बनाएका हुन् । उनले आफैले म बनाउँछु भनेपछि वन समितिले उनलाई बनाउने जिम्मा दिएको थियो । यद्यपि उनले बनाएको बाघको मूर्ति त्यत्ति राम्रो भएन । वन समितिका अध्यक्ष कार्कीका अनुसार ती कालिगडले ढुङ्गा जोडेर बाघको प्रतिमा बनाएको बताए । तर उक्त बाघको प्रतिमा पार्कमा राखिएको ४–५ महिनामै भाँचियो ।

फेरी आएर ती कालिगडले मर्मत गरेपनि दुई महिनामै भाँचियो । त्यत्ति राम्रो नभएपछि ३५ हजार मात्रै भुक्तानी गरिएको कार्कीको भनाई छ। भाइरल बाघको वास्तविक खर्च बाघको मूर्ति  रु ५०,००० कन्याको मूर्ति  ६०,००० अर्को अलि मोटो खाले नयाँ बाघको मूर्तिसँगै एक युवती को मूर्तिको मूल्य १ लाख ११ हजार हो । पुरानो मूर्ति भाँचिएपछि अलि राम्रो खाले बाघको मूर्ति बनाउनु प¥यो र कर्णालीकै भेषमा झल्किने खालको एक युवतीको मूर्ति बनाउने निर्णय भयो ।

काँक्रेविहार र वीरेन्द्रनगरकै लाटी कोइलीको शिव मन्दिर बनाउने ललितपुरका कालिगडहरूसँग मूर्ति बनाउने विषयमा सम्पर्क भयो । अध्यक्ष कार्की भन्छन् ,‘ पछि उहाँहरूले ६ हजार घटाएपछि हामीले दुई वटा मूर्तिको १ लाख ५ हजार भुक्तानी गरेका छौँ । कन्या र बाघ दुबैको मूर्ति एउटै ढुङ्गाबाट बनेका हुन् । उक्त ढुङ्गा वीरेन्द्रनगरकै लाटिकोईलीको हो ।’ यद्यपि सामाजिक सञ्जालमा भने बाघको मूर्तिलाई मात्रै भाइरल बनाइएको छ । अध्यक्ष कार्कीले सम्बन्धित निकायलाई नसोधेर नै जथाभाबी रूपमा गलत सूचना सम्प्रेषण गरेको भन्दै आक्रोश पोखे । ‘उनले भने, १३ लाख भनेर भाइरल गराइयो, त्यत्रो रकमले त यहाँ पार्कको स्तोरन्नतीमा ठुलो टेवा पुग्थ्यो ।’ उनका अनुसार मूर्ति सहिद पार्क अवलोकनमा आउने पर्यटकहरूबाट उठेको टिकटको पैसाबाट बनाइएको हो । पार्कमा प्रवेश गर्नका लागि प्रति व्यक्तिले रु।२० तिर्नुपर्छ ।

DCIM100MEDIADJI_0586.JPG

साथै उनले बाघको मूर्ति बनाउनुको उद्देश्य ‘अवलोकन गर्न आउनेहरूले जङ्गलको बिचमा बाघ लगायतका जङ्गली जनावरहरूको प्रतिमा बनाएको भएपनि हुन्थ्यो’ भन्ने सुझाव दिएपछि बनाइएको बताए। कसरी बन्यो सहिद पार्क रु यो पार्क कर्णाली प्रदेश प्राप्तिका लागि आन्दोलनमा ज्यान गुमाउनेहरूको नाममा बनाइएको हो । भैरव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अम्मरबहादुर कार्कीका अनुसार आन्दोलनमा सोही वडामा दुई जना गोपाल रजवार, टिकाराम गौतमले ज्यान गुमाएका थिए । उपयुक्त ठाउँ भएकाले वनको साधारण सभाबाट नै सहिदहरूको नाममा ‘सहिद पार्क’ बनाउने काम भएको हो । भँगेरी चौर ९अहिले पार्कस्थल० मा विगतमा आवधिक बस्ती थियो ।

त्यसपछि जिल्ला भू–संरक्षण कार्यालयले नर्सरी स्थापना गरेको थियो । त्यसको अवधि सकिएपछि खाली भएकाले ठाउँलाई पार्कमा रूपान्तरण गरेको उनले बताए । यो पार्कमा कर्णाली प्रदेश सरकारले झन्डै साढे ३ करोड सम्मको लगानी गरेको छ । सहिद पार्क स्थापनाका सुरुमा २ करोड रकम विनियोजन गर्‍यो । ०७६ भदौ महिनादेखि पार्क निर्माणको काम थालनी गरेर ०७७ भित्रै सहिद स्तम्भ, पोखरी र अन्य संरचनाहरू निर्माण गरिएको हो ।

त्यही रकमबाट पार्कको वरिपरि पर्खाल लगाउने काम पनि गरिएको थियो । गत आवमा ५० लाख रकम विनियोजन गरिएको थियो । त्यसबाट शौचालय लगायतका केही कामहरू भए। अहिले अन्य १ करोडको टेन्डर आह्वान गर्ने तयारी भइरहेको छ । शौचालय निर्माण, वनस्पति उद्यान लगायतका कामहरू हुने छन् । कार्कीले पार्कसँगै वनस्पति उद्यान पनि बनाइने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *