ललिपुरको धोविघाटस्थित कवाडी गोदाममा आगलागी, ७ लाखको क्षति

काठमाडौँ । ललितपुरको धोविघाटस्थित कवाडी गोदाममा आगलागी हुँदा करिब ७ लाखको क्षति भएको छ ।

बिहीबार बिहान साढे १० बजे ललितपुर महानगरपालिका वडा नंवर ३ धोविघाट करिडोरमा भारतीय नागरिक कृष्ण कोदारले सञ्चालन गरिरहेको कवाडी गोदाममा आगलागी भएको थियो । आगलागीका कारण करिव ७ लाखको क्षति भएको ललितपुर प्रहरी परिसरका प्रवक्ता प्रविण पोखरेलले बताए ।

आगलागीको सूचना पाएको दुई घण्टाभित्र आगालागी नियन्त्रणमा लिइएको उनले बताए ।

बिद्युत सर्ट भई आगो लागेको प्रहरीको प्रारम्भीक अनुमान छ । आगलागीका कारण मानविय क्षति भने भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *