अर्थ सचिवमा तोयम राया, राजस्वमा रामप्रसाद घिमिरे

काठमाडौँ । सरकारले अर्थ सचिवमा तोयम रायालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रायालाई अर्थसचिवमा नियुक्त गरेको हो । बैठकले राजस्व सचिवमा भने डा. रामप्रसाद घिमिरेलाई नियुक्त गरेको छ । भिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए ।

यसअघि अर्थसचिवमा कृष्णहरि पुष्कर र राजस्व सचिवमा रामेश्वर दंगाल कार्यरत थिए । पुष्करलाई यसअघिका अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयमा ल्याएका थिए । तर, उनी अर्थको क्याडर नभएको भन्दै वर्तमान मन्त्री विष्णु पौडेलले अर्थकै क्याडरलाई अर्थसचिवमा ल्याएर संकटमा रहेको अर्थतन्त्र सुधार गर्ने प्रयत्न थालेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *