जाडोमा गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प आयोजना हुँदै

काठमाडौँ। नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स् अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २० देखि २२ गतेसम्म विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।

‘जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले, हामीले यसमा ध्यान पुराउन अत्यन्त जरुरी हुन्छ’, कम्पनीले भनेको छ, ‘सुजुकी ग्राहकलाई यो विषयमा जानकारी गराउन र उहाँहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुन लागिएको हो ।’ सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै १५ जना लक्की ग्राहकले फ्री सर्भिस भौचर पनि जित्न सक्नेछन् ।

सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाइने कम्पनीले जनाएको छ ।

त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ग्राहकले ५० प्रतिशत छुट पाउने छन् । इन्जिन कुलिंग, एसी/हिटरसम्बन्धी पार्ट्स र एसोसरिजमा १० प्रतिशत छुट उपलब्ध हुनेछ ।

यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस् र इन्जिन आयलमा ५ प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ । सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *