राजसंस्था पुनःस्थापनामा अग्रसर हुन सभामुखसमक्ष सांसद शाहीको आग्रह

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाही ठकुरीले नेपालमा पहिचानको रुपमा हिन्दुराष्ट्र र अभिभावकको रुपमा राजसंस्था पूर्नस्थापना गर्न अग्रसर हुन सभामुख समक्ष आग्रह गरेकी छन् ।

कर्णाली प्रदेश सभाको दोस्रो कार्याकालको पहिलो बैठकमा बोल्दै उनले कर्णाली प्रदेश सभाबाट जनताको सेवा र बिकासका लागि पार्टीको आखाबाट नहेरी सबै एकढिक्का भएर अगाडी बढ्न समेत आग्रह गरिन् ।

सांसद शाहीले जनताबाट निर्वाचित भएका सबैलाई शुभकामना दिँदै, नेपाल एकीकरणको घटना र सहिदहरुलाई सम्झदै सांसदको भूमिका निर्वाह गर्ने बचनबद्धता व्यक्त गरिन् । पछिल्लो समय विदेशी हस्तक्षेप बढेको बताउँदै । राजसंस्था हटाउने गलत निर्णयका कारण आज देशमा अस्थिरता बादलहरु ढगमगाईरहेको उनको भनाइ छ ।

नेपालमा पहिचानको रुपमा हिन्दुराष्ट्र र अभिभावकको रुपमा राजसंस्था पूर्नस्थापना गर्न उनको जोड दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *