के एकीकृत समाजवादी पनि सरकारमा जान लागेको हो ?

काठमाडौँ । हाल सरकारमा सात दल र तीन स्वतन्त्र सांसदले भाग लिएका छन् । यो सरकारलाई दुई तिहाइ नजिक लैजानका लागि नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि आफ्नो सरकारमा ल्याउन सत्ता गठबन्धन लागेको छ ।

कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन भत्केपछि नेकपा एमाले र नकपा माओवादी केन्द्रसहितका दलहरूको नयाँ गठबन्धन निर्माण भएको छ ।

हाल नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ । बैठकमा उपस्थित एक नेताले आइतबारसम्ममा सरकारमा सहभागिताको विषयमा निर्णय गर्न बताएका छन् ।

ती नेताले मकालुखबरसँग भने, ‘ हाम्रो पार्टी सरकारमा सहभागी हुन्छ । तर अहिले नै एमाले र माओवादीसँगको एकता चाहिँ सम्भव छैन । हाल स्थायी कमिटीको बैठकले बसिरहेको छ । सरकारमा सहभागिता विषयमा निर्णय हुन्छ । सरकारमा त जाने हो नी । ’

गठबन्धन निर्माण गर्ने निर्णयमा आफूलाई संलग्न नगराएको भन्दै एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट रहँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *