अप्रत्याशित घटनाले गठबन्धन भंग हुन पुग्यो : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अप्रत्याशित घटनाले गठबन्धन जोगाउन नसकिएको बताएका छन् । स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले समयमै विचार नगर्दा अप्रत्याशित घटना भएर गठबन्धन भंग हुन पुगेको बताएका हुन् ।

अब नयाँ किसिमको चुनौती देखा परेको उनको भनाई छ । आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आजबाट शुरु भएको स्थायी कमिटीको १४औँ बैठकले सरकारमा सहभागिताको विषयमा टुङ्गो लगाउनेछ ।

यस्तै बैठकमा आगामी दिनको रणनीति तथा कार्य योजना, पार्टी सरकारमा सहभागी नभए पनि सरकारलाई समर्थन गर्नेबारे निर्णय लिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *