कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित

जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् ।

मधेश प्रदेशमा काँग्रेसका २२ सांसद छन् । जसमध्ये १८ मत ल्याएर यादव दलका नेतामा निर्वाचित भएका हुन् ।

उनीसँग प्रतिस्पर्धा गरेका निवर्तमान दलका नेता रामसरोज यादव मात्र ४ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

दलका नेतामा सहमति नजुट्दा जनकपुरस्थित पार्टीको मधेश प्रदेश कार्यालयमा निर्वाचन भएको छ ।

दलका नेतामा निर्वाचित यादव रौतहट क्षेत्र नम्बर १ (२) बाट निर्वाचित सांसद हुन् । उनले पार्टीको प्रदेश सभापतिमा पनि रामसरोजलाई पराजित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *