मधेसमा कांग्रेस संसदीय दलकाे नेता चयन गर्न निर्वाचन हुँदै, कृष्ण र रामसरोजको उम्मेदवारी

जनकपुरधाम । मधेस प्रदेशका ठूलो दोस्रो दल नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुन लागेको छ ।

जनकपुरधाममा रहेको पार्टीको मधेस प्रदेश कार्यालयमा सुरु भएको निर्वाचनमा दलका नेताका लागि कृष्ण प्रसाद यादव र रामसरोज यादव उम्मेदवारी दर्ता गराएका हुन् । मनोनयन दर्ताको समय बिहान ९ देखि १० बजेसम्ममा दुई जनाले मात्र उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले बताए ।

उनका अनुसार दिउँसो ३ देखि ४ बजेसम्म मतदानको समय तोकिएको छ ।

दलका नेताका लागि उम्मेदवारी दर्ता गराएका कृष्ण पार्टीका मधेश प्रदेशका सभापति र रामसरोज निवर्तमान संसदीय दलका नेता हुन् । कृष्ण पार्टी सभापति शेरबहादुर देउवा र रामसरोज विमलचन्द्र निधी समूहको मानिन्छन् ।

मधेश प्रदेशसभा नेपाली काँग्रेसका २२ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *