सम्झनामा स्वर्गीय राजा वीरेन्द्र (तस्बिरहरु)
२०७९ पुस १४ गते

काठमाडौँ । नेपालका १० औँ शाह वंशीय राजा स्वर्गीय वीरेन्द्र वीर विक्रम शाहको ७८ औँ जन्म जयन्तीको अवसरमा आज योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद् नेपालले जाउलाखेल स्थित सालिकमा माल्यार्पण कार्यक्रम गर्नुका साथै श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
विक्रम संवत् २००२ सालमा आजकै दिन जन्मेका राजा वीरेन्द्रले वि।सं। २०२८ देखि वि सं २०५८ सम्म नेपालको शासन गरेका थिए। २०५८ ज्येष्ठ १९ गते तत्कालीन नारायणहिटी राजदरबार मा राजा वीरेन्द्र सहित परिवार कै हत्या भएको थियो ।
नेपालमा राजा वीरेन्द्रलाई जनप्रेमी एवम् उदार राजाका रूपमा लिइन्छ । उनले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि समेत बनाएका थिए ।





२०७९ पुस १४ गते
प्रतिक्रिया
सम्बन्धित








