तीन मन्त्रालयमा सीके राउतको दावी

जनकपुरधाम । सरकारमा सहभागी हुने निर्णय गरेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ३ मन्त्रालयमा दावी गरेको छन् ।

जनमत पार्टीका उपाध्यक्षसमेत रहेका सांसद अब्दुल खानले कृषि, सहरी विकास र उद्योग मन्त्रालयमा दावी रहेको बताए ।

उनले भने, ‘हाम्रो दावी त तीन मन्त्रालय दिनुपर्छ भन्नेमा छ । अहिले सहमती भने भइसकेको छैन । छलफल जारी छ ।’

पार्टीबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने जिज्ञासामा उनले भने– अहिले यो विषयमा टुङ्गो लाग्न सकेको छैन । हामी छलफलमै छौँ ।’ तर केही दिनअघि अध्यक्ष डा. राउतले भने सरकारमा आफैँ पनि जानसक्ने बताएका थिए ।

जनमत पार्टीले मधेश प्रदेशमा मुख्यमन्त्रीको दावी गरिरहेका छन् । सो पार्टीको मधेश प्रदेशमा १३ साँसद र संघमा ६ साँसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *