प्रदेशको नामाकरणको बारेमा मलाई विवादित बनाइयो : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ को नामाकरणको बारेमा आफुलाई विवादमा पार्ने काम भएको बताएका छन् । आफुले भन्दै नभनेका कुुरालाई सञ्चार माध्यामले गलत रुपमा प्रचार गरेको सुनाए ।

प्रदेश १ पत्रकार महासंघको दोश्रो साधारणसभालाई सम्बोधन गर्दै भित्र एउटा कुरा गर्यो बाहिर अर्कै प्रचार गर्दा कतिपय कुराहरु बिग्रिएर जाने भएकोले समाचार लेख्दा तथ्य परक लेख्न उनले पत्रकारलाई आग्रह गरे । ‘मैले भित्र एउटा कुरा बोल्दै गरेको हुन्छु, उनले भने, बाहिर मिडियामा जाँदा  अरुनै भएर जान्छ त्यसको असर मलाई चुनावमा हराउने गरि पनि प्रचार गर्न खोजियो ।’

हिजोको चुनावमा जनतासँग गएर दलहरुले बहुपहिचानको आधारमा पदेशको नामा राख्छु भनेकोले आफु बहु पहिचानको पक्षमा उभिएको पनि स्पष्टिकरण दिएका छन् । मुख्यमन्त्री राईले सरकारलाई खबरदारी गर्न र तथ्य परक समाचार सम्प्रेषण गर्न उनले आग्रह गरे । उनले प्रदेश १ को मिडियासँग सम्बन्धित ऐन बन्न नसक्नुमा सबै पक्ष दोषी रहेको बताए ।

कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले प्रदेशको सञ्चार सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित हुन नसक्नुलाई संसदीय समितिको सभापतिलाई दोष दिएका छन् । सबै बिधेयक पारित हुँदा प्रदेशको सञ्चार सँग सम्बन्धित बिधेयक पास नहुनुमा संसदीय समितिका सभापतिले सहयोग नगरेको बताए ।

आङ्बोले पत्रकारहरुको क्षमता विकास र पूर्बाधार निर्माणमा प्रदेश सरकारले सक्ने सहयोग गरेको बताए । प्रदेश सभाबाट ऐन बनाएर नै प्रादेशिक सञ्चार प्रतिष्ठान बनाउने बारेमा पत्रकार महासंघ तथा पत्रकारहरुबाट नै पहिलादेखि नै सुझाव आएपछि भईरहेको प्रादेशिक सञ्चार प्रतिष्ठान खारेज गरिएको र कानुन अनुसार प्रतिष्ठान बनाउने प्रक्रिया अघि बढेको बताए ।

महासंघको साधारण सभामा पत्रकारका बिभिन्न संघ संगठनका अध्यक्ष तथा पदाधिकारीहरुले सरकारले भइरहेको प्रादेशिक सञ्चार प्रतिष्ठान खारेज गरेर नयाँ गवठन गर्न नसकेको बारेमा सरकारको आलोचना गरेका थिए ।

नेपालल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सरकार स्वेच्छाचारी हुन नदिनका लागि मिडियाले सँधै खबरदारी गर्ने बताए । प्रदेश १ सरकारले तत्काल मिडियालाई सहयोग पुग्ने खालका काम गर्न आग्रह गर्दै मिडियालाई अंकुश लगाउने खालका कार्यको महासंघले सधैँ बिरोध गर्ने बताए ।

सोही अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश १ का संस्थापक अध्यक्ष विक्रम लुईटेललाई सम्मान गरिएको छ। उनले महासंघ स्थापनामा महत्वपुर्ण भुमिका खेलेको भन्दै सम्मान गरिएको प्रदेश १ अध्यक्ष लिला बल्लभ घिमिरेले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *