घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साप्ताहिक कारोबारको तेस्रो दिन आज नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य घटेको छ । मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको छ । यसअघि सोमबार भने सुनको मूल्यमा कुनै फेरबदल आएको थिएन । सोमबार पनि अघिल्लो दिन (आइतबार)को जस्तै छापावाल सुन प्रतितोला १ लाख ५०० र तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा किनबेच भएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३७५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार भने चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *