एजेण्डामा सहमति भए सरकारमा जान्छौं : अध्यक्ष लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टीभित्र छलफल शुरु भएको बताएका छन् । निर्वाचन आयोगले गरेको जलपान समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपतिले सरकार गठनको आह्वान गरेसँगै आफ्नो पार्टीभित्र पनि सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल शुरू भएको बताएका हुन् ।

उनले अहिलेसम्मको अभ्यास सरकारमा दल जाने कि नजाने रहेको बताउँदै आफ्नो पार्टीले भने एजेण्डालाई सरकारमा लाने कोशिस गरिरहेको बताएका छन् । पार्टीले उठाएको एजेण्डा अगामी सरकारको प्राथमिकतामा पर्‍यो र त्यस विषयमा सहमति भयो भने मात्रै सरकारमा सहभागी हुने उनले बताएका छन् ।

उनले जनतासँग गरेका प्रतिवद्धता र एजेण्डा पूरा गर्ने प्रतिवद्धता भयो भने परिवेश बेग्लै बन्न सक्छ, अन्यथा सरकारमा जानका लागि मात्रै जानुको कुनै औचित्य नभएको धारणा उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *