अन्तर्राष्ट्रिय फुटबलबाट करिम बेन्जेमाको सन्यास

काठमाडाैँ । फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बेन्जेमाले फिफा विश्वकप कतार २०२२ मा आफ्नो टोली अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४-२ ले नाटकीय रुपमा पराजित भएको एक दिनपछि सन्यासको घोषणा गरेका हुन् ।

बेन्जेमाले आफ्नो ३५औं जन्मदिनकै अवसरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बेन्जेमा फिफा विश्वकपमा फ्रान्सको टोलीमा रहेपनि तिघ्रामा बोकेका चोटका कारण विश्वकप अघि नै टोलीबाट बाहिरिदै विश्वकप गुमाउन पुगेका थिए ।

 बेन्जेमा फ्रान्सका लागि ९७ क्याप जित्दा ३७ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सको सर्वकालीन गोलकर्ताको सूचीमा पाँचौं स्थानमा रहेका छन् । ‘म आज जुन स्थानमा छु, यसका लागि मैले गरेका प्रयासहरुमा मलाई गर्व छ।  यसक्रममा  गल्तीहरू पनि भएका छन्’, उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘ यस क्रममा मैले मेरो कथा लेखेको छु र हाम्रो अन्त्य हुँदैछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *