जनमत पार्टीको संसदीय दलको नेतामा डा. सीके राउत चयन

काठमाडौँ । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन् । आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्वसम्मत रूपमा दलको नेतामा राउत चयन भएका हुन् ।

दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज सोमबार पुनः १० बजे बैठक बोलाइएको जनमतका नेता बिपी साहले जानकारी दिएका छन् । राउत सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पराजित गर्दै जितेका हुन् । जनमतका ६ सांसद छन् । राउत प्रत्यक्ष र अरू पाँच जना समानुपातिक प्रणालीबाट चयन भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *