मेयर हर्क साम्पाङले माफी मागे
२०७९ पुस ३ गते

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले दलित समुदायसँग माफी मागेका छन् । आफूले फेसबुक पोष्टमा लेखेको शब्दका कारण दलित समुदायले नराम्रो मानेको भन्दै उनले माफी मागेका हुन् ।
‘मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुखी बनाएको रहेछ,’ आइतबार एक विज्ञप्तिमार्फत उनले भनेका छन् ।
कसैलाई ठेस पुर्याउन नियतवश उक्त स्टाटस नलेखेको र आफूले समानताको भावनाको साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति विसंगति बेथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनविरुद्ध लामो समय अभियान चलाएको बताएका छन् ।
दलित समुदायसँग सम्बन्धित विभिन्न संघ संस्थाले पनि साङपाङको उक्त स्टाटसप्रति आपत्ति जनाएका थिए ।
२०७९ पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित









