भरतपुरमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका-२८ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गएराति आँगनमा आगो तापिरहेकी ७० वर्षीया भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । उनको शव भरतपुर अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =