काठमाडौँको खानेपानी समस्या समाधान हुन्छ, मैले प्रधानमन्त्रीसँगै छलफल गरेको छु: सिंह (भिडिओ)

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धताहरु पुरा गर्न गम्भीर भएर लाग्ने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित ४०० औँ हप्ता बुद्ध नगर सरसफाइ अभियान तथा सम्मान कार्यक्रममा नेता सिंहले जनताहरूले आफूलाई विश्वास गरेर प्रतिनिधिसभामा पुन निर्वाचित गरेको भन्दै जनतासँग गरेका प्रतिवद्धताहरु पुरा गर्ने आत्मविश्वास आफूमा रहेको बताएका हुन् ।

नेता सिंहले आफू जनतासँगै बसेर समस्याहरू समाधान गर्न पछि नहट्ने धारणा पनि राख्दै सरकारी तवरबाट प्रभावकारी रूपमा सेवा प्रवाह हुनुपर्ने जनताको आवाजलाई आफूले महसुस गरेको र संसदबाट पनि जनताको आवाजलाई सरकारसमक्ष पुर्‍याउने बताए ।

सिंहले काठमाडौँमा रहेको खानेपानी समस्या समाधानका लागि आफूले प्रधानमन्त्रीसँगै बसेर छलफल गरेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *